बिरिङ खोलाले बगाएर मृत्यु
कनकाई । झापाको कनकाई नगरपालिकाका एक बालकको बिरिङ खोलाले बगाउदो बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं.९ स्थित घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह छन । आज दिउसो भैसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई उक्त खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।