झापामा आज थपिए पाँच जना कोरोना संक्रमित

भद्रपुर । झापाको शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय शिल गरिएको छ नगरपालिकाको बुधबार बिहान बसेको बोर्ड बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै एक साता नगरपालिका कार्यालय शिल गर्ने निर्णय गरेको वडा नं. ९का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिएकाछन् । उनका अनुसार नगरका अन्य ११ वटैवडाहरु भने खुल्ला रहने छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार, झापामा आज पाँच जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । जसमा दुई महिला र तीन पुरुष रहेका छन् । आज संक्रमित हुनेहरुमा शिवसताक्षी नगरपालिका वडा नं. ६ का दुई महिला, (शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण पुष्टि मंगलबार भएको जनाइएको छ ) कन्काई नगरपालिका वडा नं.२ र ३ का दुई पुरुष, र मेचीनगर नगरपालिका वडा नं.६ का एक पुरुष रहेका छन् । आज थपिएका संक्रमितहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । उनीहरु १४ दखि ४७ वर्ष सम्मका छन् । आजसम्म झापामा कुल संक्रमितको संख्या ७१३ पुगेको छ । जसमा भद्रपुरमा ३५, मेचीनगर १२१, बिर्तामोड ४६, कनकाई ४८, अर्जुनधारा २४, दमक ११३, गौरादह १९, शिवसताक्षी १५, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १४०, कमल ४३, गौरीगञ्ज ३०, बाह्रदशि २२, र झापाका १५ जना रहेको चौलागाईले बताए । कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।