आज झापामा ३२ जना कोरोना संक्रमिठ थपिए

भद्रपुर । झापाको विर्तामोड नगर क्षेत्रमा मुदायमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । यसै क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना पुष्टि भएको छ । बिएण्डसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार, आज झापामा ३२ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । जसमा १७ जना महिला र १५ जना पुरुष रहेका छन । आज संक्रमित हुनेहरुमा मेचीनगरका ४ पुरुष, १ महिला गरि ५ जना, बिर्तामोडका १३ महिला , २ पुरुष गरि १५ जना, कमलका ३ महिला, ८ पुरुष गरि ११ जना र कन्काईका १ जना पुरुष रहेका छन् । जसमा मेचीनगरका २ जना सुरक्षकर्मी र ३ जना भारतबाट आएका, बिर्तामोडका १२ जना स्वस्थ्यकर्मी र ३ जना स्थानीय , कमल र कन्काईका १२ जना स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । आज थपिएका संक्रमितहरु ९ देखि ७७ वर्ष सम्मका छन् । आजसम्म झापामा कुल संक्रमितको संख्या ७०८ पुगेकोे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले जानकारी दिए ।