निजी विद्यालय शिक्षक भेला सम्पन्न
झापा । मिति २०७७ भाद्र २० गते प्रदेश नं १ निजी विद्यालय शिक्षक विभाग, एकीकृत अखिल नेपाल शिक्षक संगठनको निजी विद्यालय शिक्षक भेला सम्पन्न भएको छ।
भेलामा प्रमुख अतिथि संठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी , विशेष अतिथिहरु केन्द्रीय अर्थ उप( महासचिव कुल प्रसाद खतिवडा ,केन्द्रीय सचिव एवम प्रदेश नं १ का अध्यक्ष राजु बस्नेत ,केन्द्रीय निजी शिक्षक विभाग इञ्चार्ज देवीदत्त पौड्याल,अतिथिहरु केन्द्रीय सदस्य कुवेर भेटवाल, केन्द्रीय निजी शिक्षक विभागका संयोजक भवानी पराजुली रहनु भएको थियो।
केन्द्रीय निजी शिक्षक विभागका सह(संयोजक नारायण प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भेलाले मोहन ढकालको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।