सिटी तथा टेम्पो चालकहरुको स्वाब संकलन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि नगरका सिटी रिक्सा चालकहरुको सामुहिक पिसिआर परीक्षण लिन काम गरेको छ । एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताए । ‘टेम्पो चालकहरु धेरै जोखिममा छन् ।

यसर्थ नगरप्रमुख धु्रबकुमार शिबाकोटीको सोच अनुसार ठूलो संख्यामा उनीहरुको स्वाब संकलन गरेर पठाएका छौं’ उनले भने । खासगरेर ती टेम्पो तथा सिटी रिक्सा चालकहरुका कारण आवतजावत हुने मानिसहरु पनि जोखिममा थिए । अब त्यो कम हुने बिश्वास छ । किनभने अब चालकहरुले सवारीका साधन चलाउँदा पिसिआर रिपोर्ट अनिबार्य देखाउनुपर्ने छ ।