आज नेपालमा थपिए १ हजार १ सय २० जना कोरोना संक्रमित
काठमाडौं । देशभर बुधबार ३२० महिला र ८०० पुरुष गरी थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३५०, ललितपुरका २९ , भक्तपुरका ९, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका १, झापाका ११, धनकुटाका २, पाँचथरका १, भोजपुरका ३, मोरङका ५३, सुनसरीका ७२, धनुषाका ६३, पर्साका ४९, बाराका २३, महोत्तरीका ३१, रौतहटका १८, सप्तरीका १२, सर्लाहीका ५०, सिराहाका १५, काभ्रेका १, चितवनका ४३, धादिङका २, नुवाकोटका १, मकवानपुरका ३३, रामेछापका २, सिन्धुपाल्चोकका २, सिन्धुलीका १, कास्कीका २४, गोर्खाका १, तनहुँका ४, नवलपरासीपुर्वमा १६, पर्वतका १, लमजुङका १९, स्याङजाका १, अर्घाखाँचीका १, दाङका ६, नवलपरासीका ३, पाल्पाका १, प्युठानका २, वर्दियाका ५, बाँकेका ४१, रुपन्देहीका २७, रोल्पाका १, कालिकोटका २१, जुम्लाका ३७, दैलेखका १, डढेलधुराका १, अछामका १, कञ्चनपुरका ३, कैलालीका १३, बझाङका ९ तथा बैतडीका १ जना संक्रमित थपिएका हुन् ।
देशभर १८ हजार १०८ जना सक्रिय संक्रमित रहेका छन्।मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।हालसम्म ६ हजार ७६६ जना क्वारेन्टिनमा रहेका छन्।गत २४ घन्टामा १ हजार ११२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या २३ हजार २९० पुगेको छ।