आज झापाका १४ जनामा कोरोना पुष्टि भएको छ
भद्रपुर । झापाका पाँच स्थानीय तहका १४ जनामा आज कोरोना पुष्टि भएको छ । झापाको कमल गाउँपालिका, हल्दिबारी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका पाँच महिला र नौ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कमल–३ मा तीन पुरुष र तीन महिला गरी छ जना स्थानीय, मेचीनगर–६ का तीन जना पुरुष भारतबाट आएका, बिर्तामोड–५ र ६ मा एक महिला र दुई पुरुष (एक जना भारतबाट र दुई जना चितवनका), हल्दिबारी–५ का एक स्थानीय र गौरीगञ्ज–२ का भारतबाट आएका एक जना रहेको कार्यालयले जनाएको छ ।