डुबेर एक किशोरीको मृत्यु
भद्रपुर । झापाको भद्रपुरमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ४ बस्ने १६ बर्षीया कमला चेमजोङ्ग रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार दिउँसो भद्रपुर ४ स्थित मायालु सामुदायिक वनमा कमला र उनकी साथी सुस्मिता राई निगुरो टिप्न गएका थिए । गर्मी भएपछि सोही वनको कार्यालय भवन पछाडि रहेको देउनियाँ खोलामा नुहाउने क्रममा कमलाको डुबेर मृत्यु भएको हो । कमला स्थानीय चन्द्र भानु ज्योति विद्यालयमा कक्षा १२ अध्ययनरत छात्रा हुन् ।