दमकमा फूड बैंक सञ्चालनमा
बिर्तामोड । सामाजिक कार्यमा क्रियाशील क्लब हिमालयन टाईगर दमकले दमकमा फूड बैंक सञ्चालनमा ल्याएको छ । विपन्नलाई लक्षित गरि संस्थाले दमकको मिट मार्ट अगाडी फूड बैक सञ्चालनमा ल्याएको अध्यक्ष रेवतचन्द्र भण्डारीले वताए । हुनेले दिएर जाउ नहुनेले लिएर जाउ भन्ने उद्देश्यका साथ संस्थाले थोरै भएपनि राहत पुरयाँउन यस्तो कामको शुरुवात गरिएको अध्यक्ष भण्डारीले वताएका छन् । उनका अनुसार कोरोना महामारीको यो संक्रमणमा गरीब दुःखी मजदूर तथा काम गरेर खाने उपाय समेत नभएको अवस्था भएका परिवारलाई दैनिक उपभोग्य खाद्यान्न वितरण गरिएको हो ।
पछिल्लो पटक दमकमा समुदायमा कोरोना फैलिएसँगै २ साता देखि लकडाउन भएको कारण गरीब दुःखी मजदूरले काम गर्न समेत नपाएको अवस्थालाई मध्य नजर गर्दै फूड बैंक स्थापना गरेर काम थालिएको संस्थाका सदस्य काजी राउतले वताए । सामाजिक दुरि कायम गर्दै संस्थाले दैनिक उपभोग्य दाल, चामल, तेल ,साबुन स्वाबिन ,माक्स तथा महिलाहरुलाई प्याड समेत वितरण गरेको क्लबका उपाध्यक्ष जे बिमलीले जानकारी दिए ।फूड बैंक केहि दिन सम्म रहने भएको हुदाँ एक घरबाट एक जनाले मात्र खाद्यन्न लैजाने व्यवस्था गरिएको छ भने फूड बैंक सञ्चालन गर्न क्लबका मनकारी सदस्यहरुको आर्थिक सहयोग संकलन गरिएको क्लबका सचिब कुमार बाबु गजुरेलले जानकारी दिए ।