कोरोना छैन भन्नेहरू कोभिड अस्पतालमा स्वयमसेवक हुन आऊ
भद्रपुर । कोरोना छैन भनेर भ्रम पाल्नेहरूबाटै कोरोना सर्ने खतरा बढ्न थालेको विश्लेषण भइरहेका बेला बरिष्ठ स्त्री तथा प्रशुति रोग विशेषज्ञ डा. झुमा सिलवाल पोखरेलले कोरोना बारे घरभित्र बसेर विश्लेषण नगर्न आग्रह गरेकी छिन् ।
डा. सिलवाल पोखरेलले फेसबुक स्टाटस मार्फत कोरोना भ्रम हो भनेर विश्लेषण गर्नेहरूलाई कोभिड वार्ड आएर भोलन्टियर गर्न आवहान गरेकी हुन् ।
उनले रोग छ, विरामी छन्, त्यसैले जटिल अवस्था छ भन्दै भ्रम फैलाएर मनगणन्ते विश्लेषण नगर्न सवैसित अनुरोध गर्दै सजग भएर स्वास्थ्य रहन आग्रह गरेकी छिन् ।
पछिल्लो समय समाजमा कोरोना भ्रम भन्दै स्वास्थ्य मापदण्ड विपरित गतिविधि बढ्न थालेपछि विज्ञहरूले रोग फैलेर भयावह बन्न सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । सामाजिक दुरी मिच्ने, अनावश्यक भीडभाड गर्ने, सरकारले तोकेको न्युनतम स्वास्थ्य मापदण्डको पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।