आज झापामा आठ जना संक्रमित थपिए

भद्रपुर । आज कन्काई नगरपालिकाका आठ जना स्थानीयमा कोरोना पोजेटिभ देखिएको छ । कन्काई नगरपालिका वडा नं ३,७ र १ का दुई महिला र छ पुरुष गरि आठ जना स्थानीयमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जनाकारी दिए । चम्लागाले बताए अनुसार, समुदायमा कोरोना संक्रमणको पुष्टि भएको जानकारी भर्खर मात्र थाहा भएकाले कनाकइ नगरपालिकाले संक्रमण रोकथाम र फैलिन नदिने बारै तत्काल कुनै निर्णय गरिसकेको छैन ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ५७६ पुगेको छ । जसमा भद्रपुरमा ३३, मेचीनगर १०७, बिर्तामोड १८, कनकाई २२, अर्जुनधारा २२, दमक ९५, गौरादह १९, शिवसताक्षी १२, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १३९, कमल १८, बाह्रर्दशि २१, गौरीगञ्ज २८ र झापाका १२ जना रहेको र हालसम्म झापाका दुई जनाले कोरोना संक्रमण बाट ज्यान गुमाएको चौलागाईले बताए ।