नेपालमा आज ८८४ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । नेपालमा आज ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् ।उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार १४५ जना र होम आइसोलेसनमा ६ हजार ४४५ रहेका छन् । आजसम्म देशभर ८ हजार ३५ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५१६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ६९ हजार ६३६ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५५ प्रतिशत रहेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणाट आज थप १२ जनाको मृत्यु भएको छ । जसामा तीन जना महिला र नौ जना पुरुष रहेका छन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।