झापामा आज थपिए १९ जना कोरोना संक्रमित

भद्रपुर । दमकका १६ जनासहित झापामा १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेश १ सामाजिक बिकास मन्त्रालयका अनुसार दमकका ७ महिला ९ पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै झापा गाउँपालिकामा १ महिला २ पुरुषमा कोरोना देखिएको छ ।

झापाका १९ जनासहित प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापामा १९, धनकुटामा १९जना, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।