कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणाट आज थप १२ जनाको मृत्यु भएको छ । जसामा चार जना महिला र आठ जना पुरुष रहेका छन् । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।
मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी आठ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।