गौरीगंज गाउँपालिकामा जारी गरिएको निषेधाज्ञा हटाइयोे

गौरीगन्ज । गौरीगन्ज गाउँपालिकाको सिसिएमसी (कोभिड १९ आपतकालिन कार्य सञ्चालन केन्द्र) को आज बसेको वैठकले निषेधाज्ञा खुलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने भनी निर्णय गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेको रूबी डिपार्टमेन्टका सञ्चालक ३० बर्षिय पुरूष संक्रमितको सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जारी गरिएको निषेधाज्ञा आज १२ बजे राती देखि खुलाउने निर्णय भएको हो ।

समुदायस्तरमा गौरीगंजमा कोरोना संक्रमण फैलिएको भन्दै गाउँपालिकाले भदौ ४ गतेबाट निषेधाज्ञा जारी गरेको थियो । बैठकले भोलीदेखि विहान ७ बजेदेखि १२ बजेसम्म स्थायी पसल, विहान १० बजेदेखि २ बजेसम्म वैंक तथा वितिय संस्थाहरू खुलाउने निर्णय गरेको छ । स्थायीरूपमा रहेका पसलहरू ७ बजेदेखि १२ बजेसम्म मात्र खोल्न पाउने यस बाहेकको समयमा पसल खोलेको पाईए पहिलो पटक २ हजार, दोस्रो पटक पाईएमा ५ हजार र तेस्रो पटक पसल खोलेको पाईएमा १० हजार रूपैयाँसम्म जरिवाना लाग्ने बैठकले निर्णय गरेको छ । गौरीगंज गाउँपालिकाका अध्यक्ष तथा सिसिएमसीका संयोजक बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकबाट उत्त निर्णयहरू भएको हो । बैठकले गौरीगंज गाउँपालिका वार्ड नं। ६ मा रहेको रूवी डिपार्टमेन्ट र तीनकै अर्को पसल अर्को सुचना नआउञ्जेलसम्मका लागि बन्द रहने निर्णय गरेको छ ।