झापामा आज थपिए १६ जना संक्रमित

भद्रपुर । झापा जिल्लामा आज १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा सात जना महिला र नौ जना पुरुष रहेका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज थपिएकाहरु दमकका छ जना महिला र नौ जना पुरुष गरि १५ जना र गौरीगञ्जका एक जना महिला रहेकी छन् । जसमा १२ जना स्थानीय र दुई जना भारतबाट आएका र दुई जना औषधी विक्रेता रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ५३३ पुगेको छ । जसमा भद्रपुरमा ३२, मेचीनगर १०४, बिर्तामोड १८, कनकाई १४, अर्जुनधारा २२, दमक ७८, गौरादह १९, बाह्रदशी २१, शिवसताक्षी ११, बुद्धशान्ति १७, हल्दिवारी १२, कचनकवल १३९, कमल ९, गौरीगञ्ज २८ र झापाका ९ जना रहेको चौलागाईले बताए ।