नेपालमा आज थपिए ८८५ संक्रमित

काठमाडौँ । नेपालमा आज ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २९९ महिला र ५८६ पुरुष रहेका छन् ।उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ७११ जना र होम आइसोलेसनमा ६ हजार २८ रहेका छन् । आजसम्म देशभर ९ हजार ८३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार २५३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ३५ हजार ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म मृत्यु हुनेको संख्या रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । प्रवक्ता गौतमका अनुसार मुस्ताङ, र हुम्ला गरेर दुई जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको छ ।