नेपालमा आज ६३४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा १८२ महिला र ४५२ पुरुष रहेका छन् । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर ११ हजार ६५८ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६५८ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० सय पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३६ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणाट थप नौ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।

कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं रहेका छन् । प्रवक्ता गौतमका अनुसार म्याग्दी, मुस्ताङ, र हुम्ला गरेर तीन जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको हो ।