नगरका भित्री सडक घाँसले पुर्दा नगरबासी चिन्तित

भद्रपुर । दश वटा वडा रहेको भद्रपुर नगार क्षेत्रका अधिकाम्स सडकका नाली माटो र झाडीले पुर्दा पानीको निकास रोकिने गरेको छ ।

अधिकाम्स भित्री सडक सरसफाई अभावले सडक हो कि घाँसे मैदान भन्ने अवस्था आउँदा समेत नगर सरकारको ध्यान पुग्न सकेको छैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू हुनु अगाडि नगर क्षेत्रका सडक नाली सफाइका लागि रकम छुटयाएर सफाइ गरिने गरेको भए पनि केही वर्षयता सडक नाली सफाईका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम जोड्दा नगर क्षेत्रका सडकका नाली माटो र झाडीले पुरिदा पानीको निकास रोकिने गरेको हो ।

वडागत रूपमा बाँडेर रोजगार कार्यक्रममा नियुक्त गरिएका कामदारले गनेरै ९० दिन बिताएका भए पनि नगर क्षेत्रको विकास हुने कुनै उल्लेख्य काम गरेको अवस्था छैन । सडक नालीमा पसेको माटो जस्ताको त्यस्तै रहँदा वर्षातको पानी सडकबाटै बग्दा सडक भत्कने अवस्था आयो । कालोपत्रे सडक किनारमा पलाएको झाडी नफाँडिएको कारण सडक हो कि घाँसे मैदान अलमलिनु पर्ने अवस्था छ ।

आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि नियुक्ति पाएका प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकले स्थानीय तहको विकासका लागि कुनै महत्वपूर्ण योगदान दिन नसक्ने स्थानीयको भनाइ छ ।

सडक किनारामा पलाएको झाडीले रातविहाल हिँड्दा सर्पको त्रास भएपछि वडा कार्यालय, नगर प्रशासन गुहार्दा समेत वजेट नभएको, प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई सडक सफाई गर्न लगाएको जवाफ आउने गरेको छ ।

भद्रपुर ८ का बासिन्दा तथा अग्रज पत्रकार नकुल काजी पनि आफ्नो टोल प्रवेश गर्ने सडक झारले छोपेपछि झार सफाइ गर्न नगर सरकारसित अनुरोध गरे पनि सुनुवाई नहुँदा बिहान बेलुका सर्पको डर पालेर हिड्नु पर्ने बाध्यता सुनाउँछन् ।