झापामा आज थपिए सात जना कोरोना संक्रमित
भद्रपुर । झापामा समुदाय स्तरमा कोरोना फैलिन थालेको छ । झपामा आज सात जनामा कोरोना संक्रमण देखिएका मध्ये तीन जना ट्राभल हिस्ट्र नभएका स्थानीय रहेकाछन् । कोरोना संक्रमण देखिए मध्ये मेचीनगरका दुई जना महिला र दुई जना पुरुष रहेका छन् । यसैगरी बिर्तामोडका एक जना महिला र एकजना पुरुष संक्रमित देखिएका छन् भने दमकका एक पुरुषमा संक्रमण देखिएको छ । संक्रमित मध्ये ४ जना भारतबाट फर्किएका हुन् भने तीन जना स्थानीय भएको स्वास्थ्य कार्यालय झपाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय ८२ पुगेको छ ।