पूर्व कप्तान धोनीलाई प्रधानमन्त्री मोदीको पत्र
एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै अवकाश लिएका क्रिकेट खेलाडि महेन्द्रसिंह धोनीलाई संसारकै महत्वपूर्ण विकेटकिपरको संज्ञा दिँदै प्रशंषा गरेका छन् । प्रधानमन्त्री मोदीले धोनीलाई पत्र लेख्दै उनले हालै शेयर गरेको भिडियोले देशभर चर्चा पाएको सम्झेका छन् । त्यो भावुक सन्देश बोकेको भिडियोले करोडौं भारतीयलाई निराश बनाएको भएपनि क्रिकेटमा पुर्याएको योगदानप्रति उनीहरु धोनीप्रति आभारी रहेको मोदीको भनाई छ ।
मोदीले क्रिकेटर धोनीमा केही महत्वपूर्ण खेल विशेषता रहेको भनी पाँचवटा बूँदामा चर्चा समेत गरेका छन् ।
मोदी लेख्छन्–
एकः धोनीजी, तपाईं कस्तो हेयर स्टाइल बनाउनुहुन्छ यो त कुनै ठूलो बिषय होइन । तर खेलमा जीत होस् कि हार तपाईंको मन र मष्तिष्क सदा शान्त रहने गरेको पाएको छु । यो भने देशका हरेक युवाले तपाईंबाट सिक्नुपर्ने गुण हो ।
दुईः म भारतका सशस्त्र बलसँग तपाईंको सम्बन्धको विशेषगरी चर्चा गर्न चाहन्छु । तपाईं सेनाका जवानका साथ रहँदा धेरै खुशी भएको पाएको छु ।
तीनः भारतको समकालिन पुस्ता निर्णायक घडिमा हिम्मत हार्दैनन् भन्ने कुरा मैले तपाईंका कैयौं निर्णायक खेलमा प्रदर्शन भएको मेहनतमा देख्न पाएका छौं ।
चारः तपाईं भारतका सबैभन्दा सफल कप्तानहरुमा एक रहनु भयो । तपाईंको मेहनतले भारत संसारमा नम्बर एक पनि बन्न पायो । त्यसैले तपाईंको नाम संसारमै कुशल बल्लेबाजको लहरमा परेको छ ।
पाँचः खेलको कठिन समयबाट निस्कनु तपाईंको खुबी हो । खेल समाप्त गर्ने तपाईंको शैली पनि गज्जबकै छ, खासगरी २०११ को विश्वकपमा यो खेल कौशल देख्न पाईएको थियो, जसलाई सधैं सम्झिरहिने छ ।
मोदीको पत्र पाएपछि खुशी भएका धोनीले आफ्नो ट्वीटरमा पत्र प्रकाशित गर्दै आभार प्रकट गरेका छन् ।