आज नेपालमा ७०७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज ७०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा १९२ महिला र ५१५ पुरुष रहेका छन् । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर ११ हजार ७६८ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ८३२ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ सय पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६१ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणाट थप छ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं रहेका छन् । प्रवक्ता गौतमका अनुसार भोजपुर, मनाङ, मुस्ताङ, र हुम्ला गरेर चार जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको छ ।