झापामा आज एक जना संक्रमित
भद्रपुर । आज बिहिबार गौरिगञ्जका एक स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । गौरिगञ्ज गाँउपालिका वडा नं.६ का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय झापाका फेकल पर्सन जीवन चम्लगाईले जानकारी दिए । उनलाई थप उपचारको लागी गोठगाँउ लगिएको चम्लगाईले बताए । आज थपिएका सँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ३८३ पुगेको छ । आज मात्र झापामा १० जना डिस्चार्ज भएका छन् ।