२२ वर्षिय बिशालको करेन्ट लागेर मृत्यु
दमक । झापाको कमल गाउँपालिका–२ का २२ वर्षिय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ । मंगलबार अपरान्ह ५ बजेको समयमा स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैँलाई अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।