आज नेपालमा ५८१ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज थप ५८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर १५ हजार १८० जना क्‍वारेन्टिनमा रहेका छन् । देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५२० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख २९ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६० जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६४।२ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । मृत्यु हुनेमा रौतहट र मोरङ का एकरएक पुरुष र काठमाडौँका एक जान महिला रहेको मन्त्रालयले जनाएको छ ।

अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने पाँच पुगेको छ । प्रवक्ता गौतमका अनुसार संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा गरेर पाँच जिल्ला कोरोना संक्रमण शून्यमा झरेको हो