झापाका आज थपिए सात जना कोरोना संक्रमित

भद्रपुर । विद्युत प्राधिकरणका तीन जना कर्मचारी सहित आज झापाका थप छ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये एकजना भारतबाट फर्किएका, दुई जना लघुवित्तका कर्मचारी र चार जना विद्युत प्रधिकरणका कर्मचारी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जनाएका छन् ।

उनीहरु शिवसताक्षी नगरपालिकाका एक र तीन जना दमक नगरपालिकाका रहेका छन । यस अघि पनि विद्युत प्राधिकरणका कार्यलय प्रमुख सहित सोहि कार्यलयका छ जना कर्मचारी संक्रमित भईसकेका छन् । झापामा यो सँगै संक्रमितको संख्या ४ सय ३७ पुगेको छ ।