दमक हस्पिटल एण्ड रिसर्च सेन्टर आज बाट पुनः सञ्चालनमा

भद्रपुर । एक जना सशस्त्र प्रहरी कोरोना संक्रमण पुष्टि हुनु अघि दमक-८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका लागि आएको जानकारी पाएपछि सिल गरिएको सो हस्पिटल आजबाट पुनः सञ्चालनमा आएको छ । ति संक्रमितसंगको सम्पर्कमा आएका भनिएका ८ जनाकै पीसीआर परिक्षणको रिपोर्ट नगेटिभ आएपछि हस्पिटल आजदेखि पुनः सञ्चालनमा आएको जनाइएको छ । हस्पिटलका तर्फबाट पठाइएका सबै जनाको कोरोना परीक्षणको रिपोर्ट नेगटिभ आएसँगै आजैदेखि इमर्जेन्सि सेवा खुला गरेको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले बताए । दमकका सबै अस्पतालहरुलाई ओपिडी सेवा भने तत्काल सूचारु नगर्न नगरपालिकाले निर्देशन गरिसकेको छ ।

यता,े झापा जिल्लामा ट्राभल हिष्ट्रि नभएका ४६ जना समुदायमा कोरोना सङ्क्रमित भएकोे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले जनाएकाछन् । जसमा सबैभन्दा बढी सुरक्षाकर्र्मी रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ३६, विर्तामोड नगरपालिकाका एक, दमक नगरपालिकाका छ, मेचीनगरका तीन, बाह्रदशी गाउँपालिकामा दुई जनामा कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ । पन्ध्र पालिका रहेको झापामा समुदायमा कोरोना फैलिएको नगरपालिका तथा गाउँपालिका चार हजार बढीको स्वाब सङ्कलन गरी परीक्षण गरिएको उनले बताए ।

चौलागाइले बताए अनुसार, मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका कमल गाउँ पालिका र दमक नगरपलिका पूर्णरुपमा लकडाउन गरिएका छन् भने भद्रपुर नगरपालिका, गौरादह नगरपालिका, गौरीगन्ज गाउँपालिका र बाह्रदशी गाउँपालिकामा आंसिक रुपमा लकडाउन गरिएको छ । बितामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले भने लकडाउन हटाएको छ ।