कम्युनिष्टहरुले मिलेर भएपनि, बाझेर भएपनि देश लुटेर खाए

भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले, कम्युनिष्टहरु मिलेर भएपनि, बाझेर भएपनि देश लुटेर खाने योजनामा लागेको आरोप लगाएका छन् । जसरी भएपनि देश र जनतालाइ लुटेर खानु कम्युनिष्टहरुको ध्येय रहेको जनताले अव बुझिसकेको सिटौलाले बताए ।

नेपाली कांग्रेस झापाले आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा प्रमुख अतिथिका रुपमा बोल्दै, सिटौलाले ओली सरकारले गरेका ठूला भ्रष्टचार काण्डको जनस्तरबाट भण्डाफोर गर्नुपर्ने आवश्यकता औंल्याए । जनताको विश्वासलाइ कुठराघात गरेर कम्युष्टले देश लुट्न लागिरहेको बताउँदै, सिटौलाले न्यायलय, अख्तियार, लोकसेवा आयोग, प्रहरी प्रशासन लगायत राज्यका निकायहरु कब्जा गरेर आफू अनुकुल शासन लाद्न उद्दत रहेको बताए ।

भ्रष्टचार र कमिशनको खेल बाहेक कम्युनिष्ट सरकार कोरोना संक्रमण नियन्त्रणमा उदासिन रहेको बताउदै सिटौलाले झापाको कनकाइमा जनस्तर बाट स्थापना गरिएको कोरोना जाँच गर्ने पिसिआर ल्याव सन्चालनको अनुमति नदिएर रकारले देश र जनताप्रति बेइमानि गरेको बताए । ओली सरकारले मातेको मान्छे जस्तो बेसुरको गतिबिधि गरिरहेको र यसले हाम्रा मित्रराष्ट्रहरुसंगको सम्बन्धसमेत बिगारिरहेको बताउँदै सिटौलाले, यति हुँदा पनि फेरि कम्युनिष्टलाइ नै भोट हाल्ने हो भने देश बर्बाद हुने चिन्ता ब्यत्तः गरे ।

साथै कम्युनिष्टले गरेको अत्याचार, अन्याय, होषण, दमन, पक्षपात रभ्रष्टचारको बिरोधमा आफ्नै पार्टी नेपाली कांग्रेसले खरो बिरोधको कार्यक्रम नल्याएकोमा पार्टी सभापति र पदाधिकारीहरुको पनि आलोचना गरे ।

नेपाली कांगे्रस झापाका सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा कार्यकर्ताहरुले, कांग्रेसले दह्रो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएकाछन् ।