दमक, गौरादह र गौरीगन्जमा लकडाउन

भद्रपुर । झापाको दमकमा आज शनिबार राती १२ बजेदेखि भाद्र ६ गते राती १२ बजेसम्म कडा लकडाउन हुने भएको छ । आज नगरपालिका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको नगरपालिकाले जनाएको छ । बैठकले लकडाउनका समयमा एम्बुलेन्स , सन्चारकर्मी सहित आपतकालिन सेवाका बाहेक सबै सवारीसाधन , बजार पसल आदि बन्द गर्ने निर्णय गरेको उपप्रमुख गीता अधिकारीले जानकारी दिइन । दुग्ध पसलबाहेक सबै पसल बन्द रहने उनले बताइन् । दमक उध्योग बाणिज्य संघले आज ४ बजेदेखि अनिश्चितकालिन व्यापार ब्यवसाय बन्द गर्ने निर्णय गरिसकेको छ ।

यता आसपासका पालिकाहरुमा समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएसँगै गौरीगंज गाउँपालिकामा हिजो (साउन ३०) देखि नै लकडाउन गरिएको छ । गौरीगंज गाउँपालिका भारतसँग सिमना जोडिएको र गौरादह नगरपालिकामा समुदायस्तरमा भाइरस देखिएपछि गौरीगंज गाउँपालिका बासिहरुमा भाइरसको संक्रमण फैलिन नदिन गाउँपालिकाले ४ दिनका लागि लकडाउन गरेको जनाएको छ । लकडाउन गरिएसँगै गौरीगंज गाउँपालिका भित्रका पसलहरु बन्द छन् । सर्वसाधारणलाई अतिआवस्यक पर्ने औषधि तथा ठाउँ(ठाउँमा सागसब्जी पसलहरु भने खुल्ला छन् कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै जाँदा सरकारी कार्यलयहरुबाट दिइने सेवा समेत बन्द गरिएको छ ।

यसैगरी गौरादह नगरपालिका भित्र समुदायस्तरमा कोराना भाईरसको संक्रमण देखिएपछि नगरपालिकाभित्रका केही वडाहरू सिल गरिएका छन् । नगरपालिका भित्रका केही व्यक्तिमा संक्रमण देखिँदा उनीहरूको सम्पर्कमा आएका १ सय जना व्यक्तिको कन्ट्याक ट्रेसिङका आधारमा स्वाव संकलन गरिएको छ । गौरादह नगरपालिकाले आकस्मिक वैठकबसी पीसीआर परिक्षणको नतिजा नआउँञ्जेल नगपालिकाको वार्ड नं. ६,७ र ८ को पुरै वडा र वार्ड नं. ३ र ५ का केही भाग सिल गरिएको छ । सिल गरिएका वडाहरूमा पसल तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ ।