गेटले थिचेर एक बालिकाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा निर्माणाधीन घरको गेटले थिचेर एक बालिकाको मृत्यु भएको छ भने एक बालिका घाईते भएकी छन् । छिमेकीले बनाउँदै गरेको घरको गेटले थिचेर बिर्तामोड–१ को देवी पञ्चकन्यामा शुक्रबार साँझ दुई बालिका गम्भिर घाइते भएका थिए । घाइते दुवैलाई बिर्ता सिटी हस्पिटलमा उपचारका लागि ल्याइएकोमा उपचारकै क्रममा ८ वर्षकी एन्जल सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

घाइते भएकी उनकी दिदी ११ वर्र्षीया एलुन सुनार सोही अस्पतालमा उपचार भइरहेको छ । छिमेकी निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको गेटले किच्दा उनीहरु दुबै घाइते भएका थिए । खेल्ने क्रममा उनीहरुलाई गेटले थिचेको प्रहरीको अनुमान छ ।