नेपालमा आज थपिए ४ सय ६८ संक्रमित

काठमाडौँ । नेपालमा आज थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर १४ हजार ४४८ जना क्‍वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२४ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने पाँच पुगेको छ । प्रवक्ता गौतमका अनुसार संखुवासभा, डोल्पा, मनाङ र मुस्ताङ र हुम्लामा कोरोना संक्रमण शून्यमा झरेको हो ।