झापामा संक्रमितको संख्या ४ सय ३०
भद्रपुर । एनआईसी एशिया बैंक बिर्तामोडका एक जना पुरुष कर्मचारीमा आज कोरोना संक्रमण देखिएको छ । मेची अञ्चल अस्पताल भदपुरको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जनाएका छन् । संक्रमित कर्मचारी बिराटनगरका स्थायी वासिन्दा हुन् । उनी झापामा अस्थायी रुपमा बस्दै आएका थिए । झापामा यो सँगै संक्रमितको संख्या ४ सय ३० पुगेको छ ।