लोकप्रिय बन्दै ‘तितो पिरो’
काठमाडौं । हास्य सिरियल ‘तितो पिरो’ले लोकप्रियता हासिल गर्न सफल भएको छ । गत वर्षबाट प्रसारण सुरु भएको यो सिरियल रमाइलो टेलिभिजनबाट हरेक आइतबार साँझ प्रसारण हुँदै आएको छ । कोरोना महामारीका बीच पनि आफ्नो प्रसारणलाई निरन्तरता राख्दै आएको सिरियले गत आइतबारबाट ५२ भाग पुरा गरेको हो । दर्शकको मन जित्दै ५२ भाग पुग्न सफल भएको सिरियललाई अझ राम्रो बनाउने कोसिसमा यसको निर्माण युनिट लागेको छ । सिरियलमा निर्माता अनिश खतिवडा हुन् ।
रामचन्द्र अधिकारी, कुमार गजुरेल, डोल्मा , भोला अधिकारी, कसिस दाहाल,राजेन्द्र गिरी ९गुन्द्रुके०, धर्म भण्डारी, समिर राई, आइसा राई, दावा शेर्पा, श्रीदेव आचार्य, गंगा थापा साथै बाल कलाकार कुशलमणी गजुरेल, कृषा गजुरेलको अभिनय सिरियलमा देख्न सकिन्छ । सिरियलका निर्देशक पत्रकार तथा कलाकार भोला अधिकारी र अनिश खतिवडा हुन । निर्देशक भोलाले लकडाउन तथा कोरोना महामारीका बीच पनि सावधानिका साथ सिरियलको छायाँकन गर्दै प्रसारणमा ल्याइने गरेको जानकारी दिए ।