दश नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइने

भद्रपुर । सरकारले भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाका मात्रै खुला गरेको छ । यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अहिले घटाएर १० वटा सीमा नाका कायम गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार झापाको काँडडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर नाका, रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको छ । कोरोना संक्रमणको जोखिमका कारण अन्य नाकाबाट भने नेपाल प्रवेश गर्न नदिने सरकारको निर्णय छ ।