१७ वर्षीय एक युवकको मृत्यु

भद्रपुर । झापाको भद्रपुरस्थित मेची प्रदेशीक अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको आज बिहान मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका वडा नं. ५ का १७ वर्षीय एक युवकको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन डाक्टर पिताम्बर ठाकुरले जानकारी दिए ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएका युवालाई सोमबार साँझ मेची अस्पताल पुर्‍याइएको थियो । उनमा छाती दुख्‍ने, रुघाखोकी र स्वासप्रश्‍वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सुपरिटेन्डेन डाक्टर ठाकुरले जानकारी दिए । रिर्पोर्ट नआएसम्म शवलाई अलग्गै ब्यवस्थित रुपमा राखिएको छ