नेपालमा आज थएिप ६३८ जना कोरोना भाइरस संक्रमित
काठमाडौँ । नेपालमा आज थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ । प्रदेश अनुसार प्रदेश १ मा ५९९, प्रदेश २ मा ३ हजार ३४७, वागमती प्रदेशमा १ हजार ३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चि प्रदेशमा ८९६ सक्रमिय संक्रमितहरु रहेका छन् ।
मन्त्रालयका अनुसार अहिले अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणाट थप चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धनुषाका दुई जना, काभ्रे र सिन्धुपाल्चोकका एकरएकजना रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्लामा काठमाडौँ, पर्सा, र महोत्तरी गरी चार जिल्ला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने छ पुगेको छ । प्रवक्ता गौतमका अनुसार सोलुखुम्बु, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो ।