एक नम्बर प्रदेशमा १४२३ कोरोना संक्रमित पाँचको मृत्यु

भद्रपुर । एक नम्बर प्रदेशको राजधानी विराटनगरसहित प्रदेशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको छ । समुदायमै कोरोना देखिन थालेपछि सर्वसाधारण चिन्तित छन् । पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा १ सय ४० जना संक्रमित भेटिएका छन् । ति मध्ये २९ जना विराटनगरका छन् । त्यस्तै झापामा ५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ । संक्रमितमध्ये ५ जनाको मृत्यु भइसकेको छ ।

क्वारेन्टाइनमा कमजोर व्यवस्थापन रहेको गुनासो क्वारेन्टाइनमा बस्नेहरुले गरेका छन् । क्वारेन्टाइनमा बस्दै आएकाहरुले आफूहरुको पीसिआर परीक्षणमा ढिलाई गरिएको, क्वारेन्टाइनमा आएका नयाँ पुराना सबैलाई एकै ठाउँमा कोचेर राखिएको, अलग अलग व्यवस्थापन हुन नसकेको भन्दै गुनासो गर्दै आएका छन् ।