मेचीनगर नगरपालिकाको दुईवटा वडामा लकडाउन

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरका दुईवटा वडा हाललाइ अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका विभिन्न वडामा समेत समुदायमा कोरोना भाइरसको संक्रमण देखा परेपछि शुक्रबार राति १२ बजेदेखि लागुहुने गरी मेचीनगर–९ र १० नम्बर दुईवटा वडालाई अर्र्काे निर्णय नभईञ्जेल लकडाउन गर्ने निर्णय गरेको हो । साथै मेचीनगर ९ र १० का सबै क्षेत्रमा हिडडुलमा समेत बन्देज गरिएको छ ।

संयोजक नगरका प्रमुख विमल आचार्यको अध्यक्षता र प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीसहित नगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधिसहितको बैठकले वडा नं।९ र १० भित्र सञ्चालनमा रहेका सवै प्रकारका उद्योग व्यवसाय, होटल, पसल वन्द रहने, डेरी, खाद्यन्न र सव्जी पसल हरेक दिन विहान ८ देखि १० वजे सम्ममात्र खुल्ला रहने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै औषधी पसल, स्वास्थ्य उपचार केन्द्र र अस्पताल नियमित सञ्चालन हुने, नगरभित्र रहेका वित्तिय संस्था ९बैँक, फाइनान्स र सहकारी० हरु स्वास्थ्य सुरक्षाका विधि अपनाई सञ्चालन गर्ने निर्णय समेत गरेको नगरप्रमुख एवम् कार्यदल संयोजक विमल आचार्यले बताए । नगरका अन्य क्षेत्रमा नोवल कोरोना संक्रमण फैलिन नदिन तथा संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने समेत बताइएको छ ।

उनीहरुको रिपोट नआएसम्म मेचीनगर ९ र १० नम्बर वडाका सबैखाले सार्वजनिक गतिबिधिहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख आचार्यको भनाई छ । तत्काल दुइवटा वडामा मात्र लकडाउन गरिएको बताउदैं उपप्रमुख उप्रेतीले समुदायमा गरिएको पीसीआरको रिपोर्ट थप आउन बाँकी रहेकाले त्यसको नतिजा हेरेर थप निर्णय गरीने बताइन् ।