चियाको मूल्य बढ्यो, पारिश्रमीक बढेन
बिर्तामोड । चियासँग आबद्ध श्रमीक संघका अगुवाहरुले चियाको मूल्य अत्यधिक बृद्धि भए पनि श्रमीकहरुले बृद्धि भएको पारिश्रमीक नपाएको गुनासो गरेका छन् । चिया बगानका श्रमीकका सम्बन्धमा विर्तामोडमा शनिबार आयोजित पत्रकार भेटघाटमा चिया श्रमीक संघका नेतृत्वकर्ताले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भए पनि चिया क्षेत्रले भने अहिलेसम्मको इतिहासमै अत्यधिक मूल्य प्राप्त गरिरहेको बताए ।
‘चियाको मूल्य तीनगुना बृद्धि भएको छ’–पत्रकार भेटघाटमा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भुपाल सापकोटाले भने–‘हिजो १२।१५ रुपैयाँमा विक्री हुने चियापत्ति अहिले ४०।४५ रुपैयामा विक्री हुन्छ, । हिजो ८० ।८५ मा विक्री हुने तयारी चिया अहिले ३८०।४०० सम्ममा विक्री हुन्छ । यतिधेरै मूल्य बृद्धि हुँदा पनि कोरोना संकट देखाएर उद्योगीहरु बृद्धि भएको मजदुरको तलव दिन आनाकानी गरिरहेका छन् ।’ केही नेपाली चिया उद्योगीहरुले सिण्डिकेट लागु गरेर चिया किसानलाई चियापत्तिको प्रतिकिलो २०।२५ रुपैयाँ मात्रै प्रदान गर्ने गरेको उनको आरोप छ नेपाल ट्रेड युनियन झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल चिया बगान श्रमीक संघका अध्यक्ष दीपक तामाङ, नेपाल ट्रेड युनियन महासंघ जि।फन्टका प्रदेश उपाध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमीक संघका उपाध्यक्ष सहिकुमार राईलगायतले बोल्दै २ बर्षअघि बढेको तलवले २ बर्षपछि मजदुरको जीवन धान्न धौ–धौ पर्ने उल्लेख गर्दै सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
मजदुरहरुले २०७५ असारसम्म २८५ रुपैयाँ पारिश्रमीक पाउँदै आएका थिए भने २०७६ साउन १ गतेदेखि बृद्धि भएको १०७ रुपैयाँ २०७६ चैतसम्ममा भुक्तानी दिइसक्ने त्रीपक्षीय सम्झौता भएको थियो । तर उक्त रकम अझै नपाएको मजदुरहरुको गुनासो छ ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमीक संघ, नेपाल चिया बगान संघ, अखिल नेपाल चिया मजदुर संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै श्रमऐन २०७४ को दफा १०६ बमोजिम प्रत्येक २ बर्षमा पारिश्रमीक पुनरावलोकन गर्ने ब्यवस्था र विगतको सम्झौता बमोजिम २०७७ साउन १ गतेबाट लागु हुनेगरी तलव बृद्धि गर्न पनि माग गरेका छन् । आफ्नो पारिश्रमीकबाट सामाजिक सुरक्षा कर तिर्दै आएका मजदुरहरुलाई सामाजिक सुरक्षाकोषमा सुचिकृत गर्न..संयुक्त प्रेस विज्ञप्तिमा माग गरिएको छ ।