शिक्षा पत्रकार समूहको प्रदेश १ को संयोजकमा राधा खनाल

झापा । शिक्षा पत्रकार समूहले प्रादेशिक तहमा  सांगठनिक संरचना विस्तार गरेको छ । समूहले प्रादेशिक तहमा नेतृत्व  व्यवस्थापन गर्दै जिम्मेबारी बाँडफाँड गरेको हो ।

समूहको कार्यसमितिको बैठकले प्रदेश कमिटी गठनका लागि संयोजक पनि तोकेको छ । प्रदेश १ को संयोजकमा झापा भद्रपुर निवासी राधा खनाल चयन भएकी छन् ।

झापाकी क्रियाशील महिला पत्रकार खनालको संयोजकत्वमा समूहले प्रादेशिक संरचना विस्तारको तयारी गरेको हो । अन्नपूर्ण पोस्टमा कार्यरत खनाल लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।