नेपालमा आज थएिप ३७८ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा आज थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय रहेका छन्। । प्रदेश १ मा ४७८ , प्रदेश २ मा २ हजार ९२९, वागमती प्रदेशमा १ हजार २९, गण्डकी प्रदेशमा २४२ , प्रदेश ५ मा ३९०, कर्णलाी प्रदेशमा १६३ र सुदूरपश्‍चिममा ९७५ सक्रिय संक्रमित रहेका छन् । अहिले क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४९९ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका एक जना महिला, पर्साका एक पुरुष र मोरङका एक पुरुष रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी गरी चार जिल्ला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ । प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो ।