रोटरीले चन्द्रगढीमा बाढ्यो मास्क

भद्रपुर । बन्दाबन्दी अन्त्य भएयता कोरोना संक्रमण समुदायमा फैलन थालेपछि रोगथामको पूर्व तयारीका रूपमा रोटरी क्लब अफ भद्रपुरले मास्क वितरण सुरू गरेको छ ।

कोभिड १९ रोकथामका लागि पूर्व सावधानी स्वरूप रोटरी क्लव अफ भद्रपुरले सोमवार भद्रपुर १० स्थित चन्द्रगढी वजारमा निशुल्क रूपमा एक हजार ३ सय मास्क वितरण गरेको छ ।

सदरमुकाम क्षेत्र रहेको तथा बढी भिडभाड हुने स्थान पहिचान गरी वीरेन्द्र माध्यमिक विद्यालय अगाडि साप्ताहिक हाट वजार लाग्ने भित्री भागमा १ हजार ३ सय मास्क वितरण गरिएको रोटरी क्लव अफ भद्रपुरका सचिव इश्वर अधिकारीले जानकारी दिए ।

रोेट्रयाक क्लब र इन्ट्रयाक क्लब अफ भद्रपुरको सहयोगमा मास्क वितरण गरिएको जनाइएको छ ।