झापामा आज थपिए ५ जना संक्रमित

भद्रपुर । लकडाउन घोषण भएका बिर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा अर्जुनधाराका चार जना पुरुष र बिर्तामोडकी एक जना महिला रहेकी छिन् । जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईका अनुसार बिर्तामोडकी एक जना महिला भारतबाट आएकी हुन् भने अर्जुनधाराका पुरुष मलेसिया र कतारबाट एक–एक र दुई जना भारतबाट आएका हुन् । आज पँच जना संक्रमित थएिसँगै झापामा संक्रमित हुनेको कुल संख्या ३७५ पुगेको चम्लगाईले बताए ।