शनिश्चरे । टाङटिङ खोलाले बगाएर झापामा आज एक जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका–४ का ५६ बर्षीय बिदुर पराजुलीकोआज दिउँसो साँढे १२ बजे खोला तर्ने क्रममा बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।