झापामा आज थपिए १३ जना संक्रमित

भद्रपुर । झापास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका १२ जना र अर्जुनधारा नगरपािलकाका एक जनामा कोरोना संक्रमण देखिएको छ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरले आज दिएको रिपोर्ट अनुसार सशस्त्र प्रहरीका १० जना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो । यसैगरी होम क्वारेन्टिनमा बसेका अर्जुनधाराका एक पुरुषमा पनि संक्रमण देखिएको छ । उनी विरामी भई काठमाडौँमा उपचार गरी फर्किएका थिए सशस्त्र प्रहरीका पुरुषलाई मारङको गोठगाउँ र महिला प्रहरीलाई वीपी कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

सशस्त्र प्रहरी काँकरभिट्टाका २० जना र पाथीभरा गण पाडाजुँगीका ३ जनामा यसअघि नै संक्रमणको पुष्टि भएको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ६८ जना पुगेको छ ।