नेपालमा आज थपिए २२४ जनामा कोरोना संक्रमित

काठमाडौँ । नेपालमा आज थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । देशभरका प्रयोगशालामा १० हजार ६७८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्‍वारेन्टिनमा १२ हजार १११ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ जना रहेको मन्त्रालयले जनाएको छ । नेपालमा बितेको २४ घण्टामा थप १५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ रहेको छ । डिस्चार्ज ७२.८ प्रतिशत संक्रमित निको भएको भएको प्रवक्ता गौतमले जानकारी दिए कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका चारै जना पर्सा कै रहेका छन् । ३ जना पुरुष र १ जना महिला रहेकी छिन् । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयले जनाएको छ ।

रौतहट र कैलाली जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन् भने भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला संक्रमणमुक्त रहेका छन् ।