वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण
काठमाडौँ । वीरगन्ज महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेयर सरावगीले बिहीबार बेलुकी फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
मेयर सरावगीले फेसबुकमा लेखेका छन्- ‘तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु। मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु।’
चार दिनअघि काठमाडौँ आएका सरावगीमा बिहीबार बिहान संक्रमण पुष्टि भएको हो। उनी अहिले काठमाडौँमै सेल्फ आइसोलेसनमा छन्।
मेयर सरावगीले वीरञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको पनि फेसबुकमा उल्लेख गरेका छन्। – देश सञ्चार