सूचना सर्वसाधारण निमुखाका लागि मात्र हो ?
भद्रपुर । यो माथिको तस्बिर आज २०७७ साउन १५ गते किचकबधमा पार्क उद्घाटन गर्दै गर्दाको हो । तस्बिरमा देखिनु भएका ब्यक्ति प्रदेश एकका प्रदेश सभासद बसन्त बानीया, भद्रपुरका मेयर जीवन श्रेष्ठ, उपमेयर चन्द्रा श्रेष्ठ लगायतका हुन् । तस्बिरमा सामाजिक दूरी, कायम नभएको, मास्क प्रयोग नगरिएको प्रष्ट देखिन्छ । समाजका अगुवाले बाटो बिराए अरु सर्वसाधरणले के गर्लान ? २०७७ साउन १४ गते जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको सूचना बमोजिम वहाँहरुलाई जरिवाना हुन्छ ? कि उक्त सूचना सर्वसाधारण निमुखाका लागि मात्र हो ?