नेपालमा पहिलोपटक ज्ञानुले गाए संस्कृत भाषामा गीत
भद्रपुर । झापा भद्रपुरका युवा ज्ञानु घिमिरेले पहिलो पटक संस्कृत भाषाको गीत सार्वजनिक गरेका छन् ।
भद्रपुर १० वी पी चौकका बासिन्दा रहेका घिमिरेले पप गायक दीपक बज्राचार्यले गाएको गीत मायाको डोरीलाई संस्कृत भाषामा अनुवाद गरी स्वर भरेर सार्वजनिक गरेका हुन् ।
नेपालमा विभिन्न भाषाका गीतहरू सार्वजनिक भए पनि संस्कृत भाषामा अनुवाद गरिएको यो पहिलो गीत रहेको गायक घिमिरेको दावी छ ।
व्राम्हण कुलमा जन्मिएका घिमिरेले लोप हुन लागेको सभ्यताको पहिलो भाषा संरक्षणका लागि चर्चित नेपाली गीतहरूलाई संस्कृत भाषामा अनुवाद गरी गाउने सोच अनुरूप उक्त गीत गाएको घिमिरेले बताए । विभिन्न धार्मिक सांस्कृतिक कार्यक्रममा वाद्यवादन तथा गायन प्रस्तुत गर्दै आएका घिमिरेको यस गीतको प्रभाव कस्तो रहने हो ? प्रतीक्षाको घडी सुरू भएको छ ।