नेपाल बहुद्देश्यको पाँचौं पसल चन्द्रगढीमा

भद्रपुर । झापा सदरमुकामका बासिन्दालाई लक्षित गरेर नेपाल बहुद्देश्य सहकारी संस्थाले पाँचौं सहकारी पसल सञ्चालनमा ल्याएको छ ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले भद्रपुर १० स्थित लेखनाथ चौकमा सञ्चालनमा ल्याइएको सहकारी पसलको औपचारिक उद्घाटन गरेपछि पाँचौ पसल सञ्चालनमा आएको हो ।

उद्घाटनपछि प्रतिकृया दिँदै उप्रेतीले मिसावट रहित दैनिक उपभोग्य गुणस्तरीय सामग्री सर्वसुलभ मूल्यमा बिक्री गरिने गरी पसल सञ्चालनमा ल्याइएको प्रस्ट पारे ।

पसल इञ्चार्ज सुमन पोखरेलका अनुसार चन्द्रगढीको पसलबाट अधिकतम खाद्यान्न परिकार तथा केही कस्मेटिक सामग्री सवैसुलभ मूल्यमा बिक्री हुने छन् ।

सहसंयोजक भगवती घिमिरेले सर्वसाधारणले उपभोग्य सामग्रीमा चर्को मूल्य तिर्नु पर्ने बाध्यता अन्त्यका लागि चन्द्रगढीको पसल महत्वपूर्ण रहने विश्वास व्यक्त गरिन् ।

बहुद्देश्य सहकारीको अवधारणा अनुसार सहकारीले कृषि उत्पादन, बैंकिङ, पसल सञ्चालन लगायत क्षेत्रमा काम गरिरहेको जनाइएको छ ।